फेडेरल रिइन्स्योरेन्स ब्रोकरले ३० प्रतिशत आईपीओ निष्कासन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2024 | 01:00:56 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालको पहिलो फेडेरल रिइन्स्योरेन्स ब्रोकरले प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाइसकेको छ । 

प्राधिकरण स्रोतका अनुसार कम्पनीले ३० प्रतिशत आईपीओ निष्कासन गर्न स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ । हाल कम्पनीको चुँक्तापूँजी ५ करोड रुपैयाँ छ । आईपीओ जारीपछि कम्पनीको पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। अर्थात् कम्पनीले १ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

फेडरल एक घरेलु पुनर्बीमा ब्रोकर हो ।प्राधिकरणले हालसम्म पुनर्बीमा ब्रोकरको लागि १५ वटा कम्पनीलाई लाइसेन्स दिएको छ ।पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी निर्देशिका, २०७८ अनुसार चुक्तापूँजी ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved