ट्रष्ट माइक्रो इन्स्योरेन्सले पनि आईपीओ निष्कासन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2024 | 07:51:14 AM मा प्रकाशित

laxmi sunrise bank

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको हो । 

गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा बोलाएको हो।  सभा आगामी असार २२ गते कम्पनीको बुटवलस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखि शुरु हुनेछ ।  

उक्त सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यसैगरी,  सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित  गर्ने तथा सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गर्ने छ ।

पछिल्लो पटक सञ्चालनमा आएका लघुबीमा कम्पनीहरु प्राथमिक शेयर निष्कासनको तयारीमा छन् ।

नियामकबाट लघुबीमा व्यवसाय गर्न अनुमति पाएका सात वटा लघु जीवन बीमा र निर्जीवन बीमा कम्पनीमध्ये पाँच वटा कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका हुन् । 

 ट्रष्ट माइक्रो इन्स्योरेन्स निर्जीवन लघु बीमा कम्पनी हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved