कोशि प्रदेशमा बीमाको पहुँच ४५ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको कोशि प्रदेशको आर्थिक तथा वित्तिय अवस्थाको संक्षिप्त विवरणमा त्यहाँ ४५.१६ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेको उल्लेख छ ।
उक्त प्रतिवेदन अनुसार कोशि प्रदेशमा हाल २० लाख ४३ हजार ७६ वटा बीमालेख सक्रिय रहेको छ । जसमध्ये १७ लाख ६८ हजार ८९३ वटा जीवन र २ लाख ७४ हजार १८३ वटा निर्जीवन बीमालेख सक्रिय रहेको छ ।
सो प्रदेशका बीमा कम्पनीहरुको कुल शाखा संख्या ४३४ वटा रहेको छ । जसमध्ये सबैभन्दा धेरै शाखा झापा जिल्लामा रहेको विवरणमा उल्लेख छ । झापामा जीवन बीमकका ५८ र निर्जीवन बीमकका ३८ गरी कुल ९६ वटा शाखा कार्यलय रहेको छ ।
त्यसैगरी सबैभन्दा कम शाखा कार्यलय सोलुखुम्बु जिल्लामा जम्मा ७ वटा मात्र रहेको उल्लेख छ । सोलुखुम्बुमा ५ वटा जीवन र २ वटा निर्जीवन बीमकका शाखा कार्यलय रहेको विवरणले देखाउँछ ।