यूनाइटेड अजोडको साधारणसभा सम्पन्न, १५% हकप्रद निष्कासन गर्ने प्रस्ताव स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 12:17:16 PM मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा बिहीबार सम्पन्न भएको छ । 

सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात्  १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। हकप्रद पछि चुक्तापूँजी पनि वृद्धि हुने हुँदा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८ र  बीमाशुल्क वापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ रुपैयाँ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका थिए  । साथै उनले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा ८ हजार १८१ वटा दावीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार ५६८ रुपैयाँ दाबी भुक्तानी गरेको बताए । 

यसैगरी, सोहि सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved