घटेको बजारमा अधिकांश बीमा कम्पनीहरु राताम्मे, ५ वटामा देखियो हरियाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 03:25:38 PM मा प्रकाशित

laxmi sunrise bank

बिहिबार २१ बीमा कम्पनीको शेयर मूल्य घटेको छ । शेयर बजार घटेसँगै अधिकांश बीमा कम्पनीको मूल्यमा गिरावट आएको हो ।

आज शेयर बजार परिसूचक नेप्से ९.३२ अंकले घटेको छ । यस दिन जीवन तर्फका ९, निर्जीवन तर्फका १० र २ पुनर्बीमक गरी २१ कम्पनीको मूल्यमा गिरावट आएको छ । 

जीवन तर्फ एशियन लाइफ, हिमालयन लाइफ, आईएमई लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, रिलायबल लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स र सन् नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । 

यसैगरी निर्जीवन तर्फ हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेशनल ईन्स्योरेन्स, नेको ईन्स्योरेन्स, एनएलजी ईन्स्योरेन्स, प्रभु ईन्स्योरेन्स, राष्ट्रिय जीवन बीमा कम्पनी, सगरमाथा लुम्बिनी, सानिमा जीआईसी र यूनाईटेड अजोड ईन्स्योरेन्सको शेयर मूल्यमा गिरावट आएको छ । 

यता, पनर्बीमक द्वय नेपाल पुनर्बीमा र हिमालयन रिईन्स्योरेन्सको शेयर मूल्यमा गिरावट आएको नेप्सेमा उल्लेख रहेको छ । 

यस दिन ५ बीमा कम्पनीको मूल्य बढेको छ । जीवन तर्फ ३ र निर्जीवन तर्फ २ बीमा कम्पनीको शेयर मूल्यमा बढोत्तरी आएको हो । जीवन तर्फ सिटिजन लाइफ, नेपाल लाईफ र प्रभु महालक्ष्मी लाइफको शेयर मूल्यमा बढोत्तरी आएको छ ।

त्यसैगरी, निर्जीवन तर्फ शिखर ईन्स्योरेन्स र सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सको शेयर मूल्यमा बढोत्तरी आएको देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved