मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2024 | 04:29:44 PM मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क, ख र ग  वर्गका राष्ट्रिय स्तरका  बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको वेबसाइटमा उपलब्ध रहेको फारम भरी तीन दिन भित्र  गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न पनि भनेको छ ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने पनि सूचनामा उल्लेख  छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved