हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छूट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 08:51:07 AM मा प्रकाशित

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छूट दिने भएको छ ।

कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याजरजरिवानामा छूट दिने बताएको हो। कम्पनीले व्यतित बीमालेखहरु असार ६ गतेदेखि असार २३ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छूट हुने सूचनामार्फत उल्लेख गरेको छ ।

उक्त सूचना अनुसार तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याजरजरिवानामा १०० प्रतिशत छूट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छूट दिइने छ ।

 यसैगरी, ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छूट दिने कम्पनीले बताएको छ। यस प्रकारको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिएको छूट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने छ।

व्यतित भएको बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवानाको छूटको लाभ लिन पनि कम्पनीले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved