लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पर्वतको कुश्मामा उपशाखा सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले उपशाखाको उद्घाटन सो उपशाखाको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौड्यालले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईश्वरी गिरी, कुश्मा, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि। पौडेल, सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञाशु लगायतले शुभकामना व्यक्त गरे ।
एजेन्सी म्यानेजर डम्मरप्रसाद पौडेलले न्यून आय भएका अल्पसंख्यक, सीमान्तकृत हरेक नागरिकको घरघरमा बिमाको पहुच पुर्याउन र जनचेतना अभिवृद्धि गर्न सम्बन्धित सबैलाई आग्रह गरे । उनले हुने खानेहरुका लागि मात्र नभई हुँदा खानेहरुका लागि न्यूनतम वार्षिक ३३ रुपैयाँले बिमा गर्न सकिने लघुबिमा अत्यन्तै उपयोगी भएको बताए ।
कार्यक्रममा कुश्मा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष, जेसिसका पूर्व अध्यक्ष, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा जीवन बिमा कम्पनीका प्रमुख, पत्रकार युवा क्लब, महिला सन्जाल, शिवालय मावि कुश्माका प्रधानाध्यापक, कम्पनीका कर्मचारी अभिकर्ता, एजेन्सी मेनेजर लगायतको सहभागिता थियो ।
कार्यक्रम सञ्चालन गण्डकी प्रदेश कार्यालय पोखराका बिजनेस प्रमोसन एक्सपर्ट अर्जुन सिग्देलले गरेका थिए ।