राष्ट्रिय बीमा कम्पनीमा लुम्बिनीका पत्रकारको ६६ करोडको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 07:04:14 PM मा प्रकाशित

राष्ट्रिय बीमा कम्पनीमा लुम्बिनी प्रदेशका १ हजार ६२ जना पत्रकारको सामुहिक दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सदस्यता भएका उक्त पत्रकारको सामुहीक दुर्घटना बीमा कम्पनीमा भएको हो ।

उनीहरुको बीमाङ्क रकम ६६ करोड ३७ लाख ५० रुपैयाँको बीमा गरिएको कम्पनीले जनाएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्रालय लुम्बिनी प्रदेश, राष्ट्रिय बीमा कम्पनी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच उक्त बीमा सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम अनुसार उक्त बीमा गरिएको जनाइएको छ । 

सम्झौतामा मन्त्रालयका तर्फ बाट मन्त्रालयका सुचना अधिकारी कालिदास बस्याल, मन्त्रालयका कर्मचारी शैलेस शर्मा, कम्पनीका तर्फ बाट व्यवस्थापक देवराज घिमिरे, सहायक व्यवस्थापक बिष्णु प्रसाद खनाल र पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका तर्फबाट  अध्यक्ष वसन्त गिरी, उपाध्यक्ष चुमा आचार्यले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा कम्पनीका व्यवस्थापक तथा बजार व्यवस्थापन बिभाग प्रमुख देवराज घिमिरेले राज्यका हरेक तह र तप्कामा बीमा योजना पु¥याई आम जनसमुदायलाई बीमाको दायरामा ल्याई रक्षावरण गराउने मुल उद्देश्य राष्ट्रिय बिमा कम्पनीले लिएको कुरा बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved