वाणिज्य बैंकको मुद्दती निक्षेपमा बीमकको ५ खर्ब, कुन कम्पनीको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 11:59:34 AM मा प्रकाशित

बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ५ खर्ब रुपैयाँ लगानी गरेका छन् । १४ जीवन र १४ निर्जीवन बीमकहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४ खर्ब ९९ अर्ब रुपैयाँ लगानी गरेका हुन् । 

जसमध्ये जीवन बीमा कम्पनीहरुले ४ खर्ब ५५ र अर्ब र निर्जीवन कम्पनीहरुले ४४ अर्ब रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को तेस्रो तैमासको अन्त्यसम्ममा उक्त लागनी गरेका हुन् । 

जीवन बीमातर्फ सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको लगानी रहेको छ । नेपाल लाइफले मुद्दती निक्षेपमा १ खर्ब ३४ अर्ब रुपैयाँ लगानी गर्दा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ७६ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको हो । 

यसैगरी, नेशनल लाइफ र हिमालयन लाइफले क्रमशः ४७ अर्ब ५० करोड र ३६ अर्ब ६० करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । 

यता निर्जीवन  बीमातर्फ राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ६ अर्ब ४९ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी  छ । त्यसैगरी, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले ५ अर्ब ३० करोड र नेको इन्स्योरेन्सले ४ अर्ब ६ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लागनी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

कुन कम्पनीको कति लगानी ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved