नेको इन्सुरेन्सले रेडक्रसलाई दियो एम्बुलेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 02:46:06 PM मा प्रकाशित

नेको इन्सुरेन्सले रेडक्रसलाई एम्बुलेन्स प्रदान गरेको छ । कम्पनीले लुम्बिनी प्रदेश अन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा कपिलवस्तुलाई सौजन्य स्वरुप एम्बुलेन्स प्रदान गरेको हो । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सौजन्य स्वरुप प्रदान गरेको जनाएको छ ।  कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति  शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, नेपाल प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेश कुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेतको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved