सलिको र डेल्क्रेडा नेपाल बीच समझदारी,उधारो बिक्री बीमा शुरुवात गर्ने उद्देश्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 05:38:21 PM मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र डेल्क्रेडा नेपाल प्रालि(डेल्क्रेडा नेपाल ) बीच नेपालमा उधारो बिक्री बीमा (ट्रेड क्रेडिट इन्स्योरेन्स) प्रवर्द्धन गर्न हालै समझदारी भएको छ।

समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

 नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री बीमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपाल बीच नेपाली बजार अनुरुप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको  हो । कम्पनीले उक्त सम्झौताले व्यवसायीलगायत सरकारलाई पर्याप्त लाभहरू हुने बताएको छ ।

साथै कम्पनीले सहकार्यको मूख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु रहेको पनि बताएको छ ।

यस सहकार्यपछि यसबारे विभिन्न तालिमका आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायीहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य छ।  साथै डेल्फ्रेडा नेपालले सलिकोलाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तररुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्ने बताएको छ । 

कम्पनीका अनुसार उधारो बिक्री बीमाको शुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा निम्न फाइदाहरू हुने छन् :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved