साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2024 | 09:32:14 AM मा प्रकाशित

laxmi sunrise bank

साविक प्रभु लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८०का लागि बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख ९ वर्षको अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ। 

त्यस्तै कम्पनीले सावधिक तथा आजीवन जीवन बीमालेख ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ। 

यसैगरी,कम्पनीले अग्रिम भुक्तानी सावधिकजीवन बीमालेखतर्फ ९ वर्ष अधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनस दर तोकेको छ। 

हाल उक्त कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग गाभिएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved