बीमा कम्पनीको शेयरमा लगानीकर्ता किन उत्साहित ? यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2024 | 03:36:45 PM मा प्रकाशित

laxmi sunrise bank

साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचक २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा बन्द भएको छ । यो दिन शेयर बजारमा हरियाली छाउँदा ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये निर्जीवन बीमा समूहको सूचक १.२९ बढेको छ भने जीवन बीमा समूहको ०.७७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह अन्तर्गतका अघिल्लो दिन उच्च अंकले बढेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य ०.१८ प्रतिशतले बढेको छ ।  मंगलबार भने उक्त कम्पनीको शेयरमूल्य एकैदिन २.१५ प्रतिशतले बढेको थियो । 

निर्जीवन बीमातर्फ १२ वटा कम्पनीको शेयर कारोबार भएकोमा सबैको शेयरमूल्य बढेको छ । उक्त उपसमूहतर्प एनएलजी इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको २८.६० अंकले शेयरमूल्य बढेको छ । 

त्यस्तै जीवन बीमा समूह अन्तर्गतका १२ वटा कम्पनीको शेयर कारोबार भएकोमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढ्दा २ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । यो दिन रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यो दिन उक्त कम्पनीको शेयरमूल्य ९.७० अंकले बढेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ अंकले बढेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य २ अंकले घट्दा र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य चाहिं १.५० अंकले घटेको छ ।

यो दिन बीमा उपसमूह अन्तर्गतका कम्पनीहरुको शेयरमूल्यमा बढ्नुमा मौद्रिक नीतिमा नीतिगत सुधार हुने अपेक्षाका साथ लगानीकर्ताले लगानी बढाएको कारण पनि हो ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved