स्टार माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा अभिकर्ताको तालिम दिने भएको छ ।
कम्पनीले बिहीबार सूचना जारी गर्दै साउन ८ गतेबाट तालिम सञ्चालक गर्न लागिएको जानकारी दिएको हो । तालिममा सहभागी हुने इच्छुकले ५ सय रुपैयाँ शूल्कसहित साउन ६ गतेभित्र कम्पनीमा सम्पर्क गर्नुपर्ने छ ।
जारी सूचना अनुसार तालिममा सहभागी हुन कम्तिमा माध्यामिक तह वा सो सरह उतीर्ण हुनुपर्ने उल्लेख छ । यसका साथै व्यक्तिगत अभिकर्ताका लागि स्थायी लेखा कार्ड, शैक्षिक योग्यताको प्रमाणपत्र,नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको ४ प्रति फोटो आवश्यक पर्ने छ ।
त्यसैगरी,संस्थागत अभिकर्ताका लागि संचालकको फोटो र हस्ताक्षर, संचालककको नियुक्ति र पदावधि मिति,संचालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता, कम्तिमा माध्यामिक तह उत्तीर्ण गरेको प्रमाणपत्र, प्यान दर्ता, कर चुक्ता प्रमाण पत्र, कम्पनी रजिस्ट्रारको प्रमाणपत्र,नेपाल राष्ट्र बैंक र सहकारी डिभिजन र घरेलु वाणिज्य र अन्य दर्ता प्रामाणपत्र, नियमावली प्रबन्ध पत्र, प्रबन्ध पत्रको उदेश्यमा बीमा अभिकर्ता भई कार्य गर्ने उल्लेख भएको र नियमावलीमा संचालकको पदावधि उल्लेख भएको कागजातहरु आवश्यक पर्ने कम्पनीले जनाएकाे छ ।