मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ ।
विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले महत्वपूर्ण परियोजनामा पाइला टेक्दै यस्तो सहयोग गरेको बताएको छ ।
यस प्लेस्केपले सिकाइसँग खेल मिलाउँदै बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक वातावरण हुने कम्पनीको विश्वास छ । यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर, संवेदी खेल क्षेत्रहरू र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक तत्वहरू समावेश गर्दछ ।
यो पहल बारे कम्पनीले समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा भएको भन्दै नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गरेको बताएको छ । उक्त पहल अन्तर्गत कम्पनीले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था कर्मयोग फाउन्डेशनलाई ७ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्न सहयोग पुर्याउने कम्पनीले बताएको छ ।