बीमा दाबी सहज गर्न सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 11:45:03 AM मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ बीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि सम्झौतामा द्वीपक्षीय सम्झौता भएको छ ।

साउन २२ गते आयोजित एक समारोहका बीच सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सलिकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारीधनीले सलिकोमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved