दुर्घटनाग्रस्त एयर डाइनेस्टीको बीमा सलिकोमा : पाइलट र यात्रुका परिवारले कति पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2024 | 06:31:10 PM मा प्रकाशित

नुवाकोटको सूर्यचौरमा बुधबार अपरान्ह दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकोप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) मा गरेको पाइएको छ ।

उक्त कम्पनीमा दुर्घटनामा परेको प्रतिहेलिकोप्टर कम्पनीले १८ करोड रुपैयाँ बराबरको बीमा गरेको स्रोतले बिजपाटीलाई जानकारी दिएको छ । हेलिकोप्टरबाट ज्यान गुमाउने  यात्रुको २० हजार डलर र पाइलटको १ लाख डलरको बीमा गरिएको पाइएको छ । 

बीमा बापत अब मृतकका परिवारले करिब १ करोड ६ लाख रुपैयाँ बीमा दाबी पाउने छन् भने पाइलटका परिवारले १ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी पाउन सक्ने स्रोतको भनाइ छ ।

यो हेलिकोप्टरको बजार मूल्य करिब ४० करोड रुपैयाँ पर्न आउँछ ।यो हेलिकोप्टर पूरानो भएको हुँदा यसको बजार मूल्य घटेर करिब ३२ करोडमा आइपुग्छ । त्यसैले हेलिकप्टर कम्पनीले बीमा दाबी बापत १७ करोड १० लाख रुपैयाँ पाउने छ । २० करोड रुपैयाँको बीमा गर्दा ५ प्रतिशत दाबी भुक्तानी दिने कानूनी व्यवस्था छ । 

दुर्घटनामा परि पाइलटसहित पाँच जनाको मृत्यु भएको छ  । जसमा ४ जना चिनियाँ नागरिक छन् भने  नेपाली पाइलट अरुण मल्ल पनि छन् । उनी १६ वर्षदेखि नेपाली आकाशमा हेलिकोप्टर उडाएका सिनियर पाइलट समेत थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved