प्रोटेक्टिभ माइक्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 12:23:27 PM मा प्रकाशित

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो कार्यका लागि  धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन  गर्नेछ । बिहीबार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

उक्त कम्पनी २०७९ पुस १२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर २०७९ चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित पाएको बीमा कम्पनी हो ।

कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल सम्म २९ वटा कार्यालयमार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved