वैदेशिक रोजगारीको लागि जारी गरिने म्यादी बीमा फेरि पुरानै ठाउँमा अर्थात 'पूल' मा फर्किएको छ। नियामक नेपाल बीमा प्राधिकरणमा आज जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारीहरुसंगको छलफलबाट यस विषयमा सैदान्तिक सहमति जुटेको हो।
म्यादी बीमामा धेरै किसिमका समस्या आएको भन्दै पुरानै तरिकाले पुलको व्यवस्था गरेर अगाडी बढ्नुपर्ने सुझाव आएपछि यो निर्णयमा पुगेको बीमा प्राधिकरणले जनाएको छ। एक जीवन बीमा कम्पनीकाअनुसार फेरि पूलमा फर्किने बिषयबारे प्राधिकरणमा आज राखिएको बैठकमा जीवन बीमा कम्पनीहरुबीच सैदान्तिक सहमति जुटेको छ। तर बीमा प्राधिकरणबाट सहमतीले आधिकारिकता पाउन बाँकी नै छ।
कमिसनका लागि अस्वस्थ प्रतिस्पर्धा बढेकाले जीवन बीमा कम्पनीहरु वैदेशिक रोजगारीको लागि यसअघि लागू गरिएको पूलको व्यवस्थामा फर्किन तयार भएका हुन। वैदेशिक रोजगारमा श्रमिक जाँदा रोजगारदाता र श्रमिक बीच भएको श्रम सम्झौताभन्दा ६ महिना बढी अवधिका लागि यो बीमालेख जारी गर्नुपर्छ। वैदेशिक रोजगारीमा गएका कामदारले अनिवार्य वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्छ ।
यस अगाडि पनि म्यादी बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेपछि २०७५ माघ १ गतेदेखि शुरु गरिएको पुलको व्यवस्था २०७९ साउन १ गते बन्द गरिएको थियो। पुलको व्यवस्था खारेज गरिएसँगै प्रविधिलाई आत्मसाथ गर्ने बीमा कम्पनीहरुले म्यादी जीवन बीमामा राम्रो कारोबार गरेको अवस्था पनि छ।
यसअघि :
- वैदेशिक रोजगारीको लागि जारी गरिने म्यादी बीमा फेरि विवादमा