सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा साढे ३९ करोड, अन्य सूचक पनि उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2024 | 08:29:19 AM मा प्रकाशित

laxmi sunrise bank

 सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष (आव) २०८०/८१ को वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको अधिकांश सूचकमा वृद्धि भएको पाइएको छ ।

जसअनुसार कम्पनीले गत आवमा ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख नाफा गरेको थियो । यो अघिल्लो आवको तुलनामा नाफामा १४६ प्रतिशतको वृद्धि हो ।

समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यो अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा २९ प्रतिशतको वृद्धि हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यसै अवधिमा २७ करोड २९ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार केहि बढेको छ ।

कम्पनीले गत आवमा पुनर्बीमा मार्फत ३६ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १९ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो । 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा २७ प्रतिशतको वृद्धि भएको छ । 

त्यसैगरी, कम्पनीले अभिकर्ता कमिशनमा ८७ करोड ३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आवमा कम्पनीले यस शिर्षकमार्फत ७६ करोड २० लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.७२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३०.५६  रुपैयाँ छ ।कम्पनीको ५ अर्ब १ करोड रुपैयाँ चुक्तापूँजी छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved