सानिमा रिलायन्स लाईफको शेयर संरचना परिवर्तन, ५१:४९ शेयर अनुपात कायम गर्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2024 | 04:57:09 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको परिवर्तित शेयर संरचना सोमबार अभिलेखीकरण गरेको छ ।

कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा अभिलेखीकरण गरिएको नेप्सेले बताएको छ । यसअघि, कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपातलाई ७० : ३० बाट परिवर्तन गरेर ५१ : ४९ कायम गर्ने निर्णय गरेको थियो । सोहि संरचनालाई नेप्सेले साउन २४ गतेको निर्णय अनुसार उक्त अभिलेखीकरण गरेको हो ।

कम्पनीको संस्थापक समूहको शेयर धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ को लकइन सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना हुने शर्तसहित शेयर सूचीकृत गरिएको नेप्सेको भनाइ छ ।

सो कम्पनीको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात् कायम भएको संस्थापक समूहतर्फ २ करोड १३ लाख ३८ हजार ४०० कित्ता र सर्वसधारण समूहतर्फ २ करोड ५ लाख १ हजार ६०० कित्ता धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको हो । 

हेर्नुहोस सूचना :


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved