झनै बढ्यो बीमा पोलिसी त्याग्नेको संख्या, आर्थिक मन्दी उस्तै रहेको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2024 | 08:56:17 AM मा प्रकाशित

laxmi sunrise bank

आफ्नो जीवन सुरक्षाको लागि गरिएका जीवन बीमा त्याग्नेको संख्या झनै बढेको पाइएको छ। अघिल्ला आर्थिक वर्षहरुको तुलनामा पछिल्ला दिनहरुमा बीमा पोलिसी त्याग्नेको संख्या झनै बढेको नेपाल बीमा प्राधिकरणको तथांकले देखाएको छ। 

प्राधिकरणकाअनुसार आर्थिक वर्ष २०७९-८० मा ९६ हजार ९३८ वटा बीमा पोलिसी त्याग गरेकोमा गत आर्थिक वर्ष २०८०-०८१ मा एक लाख १३ हजार ९७६ ले बीमा पोलिसी बन्द गरेका छन्। 

बीमितले निश्चित अवधि तोकेर जीवन बीमा गर्ने गर्दछन। सामान्यतया १० वर्षदेखि २५ वर्ष अवधिसम्मको लागि जीवन बीमा गर्ने गरेको पाइन्छ। र तोकिएको अवधि जतिसुकै भएपनि प्रिमियम तिरेको तीन वर्ष वितेपछि बिमितहरुले पोलिसी बन्द गर्न पाउने व्यवस्था छ। पछिल्ला वर्षहरुमा बीमितहरुले प्रिमियम शुल्क तिर्न नसकेर बीमा गरेको तीन वर्ष पुरा भएपछि पोलिसी नै बन्द गर्नेको संख्या बढ्दो क्रममा रहेको छ। 

पोलिसी बन्द गरिनुमा धेरै कारण भएपनि मुलत पछिल्लो आर्थिक मन्दीका कारण आएको आर्थिक शिथिलता नै मूल कारण रहेको जीवन बीमाका जानकारहरु बताउछन। पोलिसी बन्द गर्नेको संख्या बढ्दो क्रममा रहेकाले आर्थिक मन्दीको बाछिटा अझै पनि उस्तै रहेको उनीहरुको भनाई छ। 

नेपालमा चौधवटा जीवन बीमा कम्पनीहरु छन् भने तीनवटा लघू जीवन बीमा कम्पनी  छन्। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved