विश्व बजारमा बीमाको व्यवसाय वार्षिक ६७.८२ खर्ब डलर,यी हुन् धेरै व्यवसाय गर्ने देशहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2024 | 01:14:42 PM मा प्रकाशित

laxmi sunrise bank

विश्व बजारमा वार्षिक ६७ खर्ब ८२ अर्ब २३ करोड डलर बढीको बीमा व्यवसाय हुने गरेको छ । स्विस रि–इन्स्योरेन्स ले सार्वजनिक गरेको विश्व बीमा तथ्यांकसम्वन्धी प्रतिवेदन ‘वर्ल्ड इन्स्योरेन्स रिपोर्ट’मा यसबारे उल्लेख छ । 

यो भनेको ९० नील ८७ खर्ब ५० अर्ब रुपैयाँ हुन आउँछ । यो तथ्यांकलाई नेपाल बीमा प्राधिकरणले आफ्नो पछिल्लो बार्षिक प्रतिवेदनमा पनि उल्लेख गरेको छ । 

सन् २०२२ विश्वमा ६७ खर्ब ८२ अर्ब २३ करोड डलर बीमाशुल्क संकलन भएको थियो । यो सन् २०२१ को तुलनामा ०.२५ प्रतिशतले बढी हो । स्विस रिको तथ्यांकअनुसार सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने मामिलामा अमेरिका नै अग्रस्थानमा देखिएको छ । सन् २०२२ मा अमेरिकामा २९ खर्ब ६० अर्ब डलर बराबरको बीमाशुल्क संकलन भएको छ । विश्व बीमा बजारमा अमेरिका एक्लैको ४३.७ प्रतिशत हिस्सा छ । 

दोस्रो स्थानमा चीन छ । उक्त अवधिमा चीनमा मात्रै ६ खर्ब ९८ अर्ब डलर बराबरको बीमाशुल्क आर्जन भएको छ ।  चीनको विश्व बीमा बजारमा १०.३८ प्रतिशत योगदान छ । तेस्रोमा भने बेलायत छ  । उक्त देशले भने ३ खर्ब ६३ अर्ब डलर बीमाशुल्क संकलन गरेको छ । विश्व बीमा बजारमा उसको योगदान ५.४ प्रतिशत छ । उक्त अवधिमा भारतले भने १ खर्ब ३१ अर्ब डलर बीमाशुल्क आर्जन गरेको छ । धेरै बीमाशुल्क संकलन गर्नेमा भारत १०औं नम्वरमा छ । 

तथ्यांकअनुसार २० वटा देशले मात्रै सन् २०२२ मा ६१ खर्ब ६५ अर्ब डलर बीमाशुल्क संकलन गरेका छन् । विश्व बीमा बजारमा उक्त २० देशको हिस्सा ९१ प्रतिशत छ । 

बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीहरु जोखिम व्यवस्थापन गर्न, प्रकोप सामना गर्न र नियामक आवश्यकता पूरा गर्न विश्लेषणात्मक समाधानतर्फ लागिरहेका छन्। कोभिड–१९ महामारी पछि त बीमाको महत्व झनै बढेर गएको छ । बीमा कम्पनीहरुले प्रभावकारी जोखिम व्यवस्थापनका लागि विभिन्न उपायहरु अबलम्बन गरिरहेका छन् । एजेन्सीहरु

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved