रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कन्फ्रेन्स सम्पन्न,उत्कृष्ट लिडर्सलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2024 | 01:33:25 PM मा प्रकाशित

laxmi sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स- २०८१ पोखरामा आयोजना गरेको छ ।

कार्यक्रममा देशैभरिका अभिर्कताहरु मध्येबाट विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्न सफल भएका रिलायवल लिडर्सहरु, कम्पनीका अध्यक्ष लगायतका उच्च व्यवस्थापनाका कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण वावु लोहनीले उत्कृष्ट लिड्र्सहरुलाई बधाई ज्ञापन गर्नुका साथै कम्पनीको आगामी योजनाबारे जानकारी गराएका थिए । 

त्यसैगरी, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले अभिर्कताहरु समग्र बीमा क्षेत्रको मेरुदण्ड भएको बताए । साथै उनले अझ सशक्त रुपले व्यवसाय विस्तार गर्ने योजना रहेको भन्दै आउँदा दिनमा कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको दक्षता अभिवृद्धिको लागि स्वदेश तथा विदेशमा समेत तालिमको व्यवस्था गर्ने बताए ।

सो अवसरमा व्यक्तिगत, टीम, सर्वाधिक बीमालेख बिक्री, सर्वाधिक ठूलो टीम निमार्ण लगायतका विविध विधाहरुमा उत्कृष्ट लिडर्सहरुलाई सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved