गत आर्थिक वर्ष २०८०/ ०८१ (आव) मा १ लाख १३ हजार ९७६ जना बीमितले बीमा लेख समर्पण(बन्द) गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १४ वटा जीवन बीमा कम्पनीबाट ती बीमितले १४ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम समर्पण गरेका हुन् ।
जसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको छ । उक्त कम्पनीबाट २८ हजार ६२७ बीमितले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमा लेख समर्पण गरेका छन् । त्यस्तै लाइफ इन्स्योरेन्स अफ नेपालको ३० हजार ३०९ जना बीमितले ४ अर्ब ४१ करोडरुपैयाँ बराबरको बीमा लेख बन्द गरेका छन् ।
सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सको छ । उक्त कम्पनीका ६८२ बीमितले ६ करोड ६२ लाख रुपैयाँको बीमा लेख समर्पण गरेका छन् ।यसमा तीन वटा लघु जीवन बीमा कम्पनीले जारी गरेकोा बीमा लेख समर्पणको तथ्यांक भने समावेश छैन ।
गत आवमा रकमका आधारमा तुलना गर्दा बीमा लेख समर्पण नौ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको बीमा लेख समर्पण भएको थियो । गत आवमा भने १४ अर्ब ५० करोड १२ लाख रुपैयाँको बीमा लेख समर्पण भएको छ ।
अघिल्लो आवमा भने ९६ हजार ९३८ वटा बीमा लेख समर्पण भएका थिए । त्यसअघि आव २०७७र७८ मा ६३ हजार३३१ र आव २०७८र७९ मा ८१ हजार ८६० वटा बीमा लेख समर्पण भएका थिए ।
विस्तृतमा तलको तालिकामा हेर्नुहोस् :स्रोत : नेपाल बीमा प्राधिकरण
गत आवमा सर्वसाधारणको बीमामा पहुँच पनि घटेको छ । अघिल्लो आव २०७९/८० सम्ममा ४४.३८ प्रतिशत रहेको सर्वसाधारणको बीमाको पहुँच घटेर गत आवमा घटेर ४३.२७ प्रतिशतमा सीमित भएको छ ।