हिमालयन रिको नाफा ९७.६४ % ले वृद्धि, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2024 | 09:15:00 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशतले बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

नाफासँगै भएका कारण कम्पनीको प्रतिशेयर आम्दानी बढेको देखिएको छ। सो अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी बढेर १२.३४ रुपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ।कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ छ ।

कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ  छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved