आइएमई लाइफको नाफा १४५% ले वृद्धि,बीमाशुल्क आर्जन पनि साढे ४ अर्ब माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2024 | 09:42:33 AM मा प्रकाशित

laxmi sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आवको तुलनामा १४५.०४ प्रतिशत बढी  हो ।

गत आवको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस्तो दाबी भुक्तानी अघिल्लो आवमा भने ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ थियो ।

गत असारसम्ममा कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेर ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको शेयर प्रिमियमतर्फ ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषतर्फ १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गतर्फ १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी बढेर १०.२९ रुपैयाँ पुगेको छ ।अघिल्लो आवमा भने यो १० रुपैयाँ थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ४४.०२ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४५.५९ रुपैयाँ छ ।

कम्पनीले दीर्घकालिनतर्फ १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ  र अल्पकालिनतर्फ १ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved