सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२% बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2024 | 10:01:48 AM मा प्रकाशित

laxmi sunrise bank

 निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष(आव) २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ६९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको प्रिमियमसहितको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७८ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ । योसहित कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ ।

नाफा बढेकाले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३.५२ रुपैयाँ रहेकोमा बढेर गत आवमा २४.६७  रुपैयाँ पुगेको छ ।

कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।कम्पनीको प्रतिशेयर नेटवर्थ २७३.५० रुपैयाँ छ । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved