आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा मंगलबार आवश्यक सामग्रीहरु वितरण गरेको छ ।
नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको उद्धेष्यलाई आत्मसात गर्दै कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले टीकापुर नगरपालिका-१, गणेशपुरस्थित बाढी पीडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो ।
त्यसैगरी, काठ्माडौं टोखा स्थत विपदबाट पीडित परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरिएको छ ।
साथै सुनसरीको धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान पनि गरिएको कम्पनीले बताएको छ ।