गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १७ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
गत आवको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ३२ हजार रुपैयाँ छ । त्यस्तै कम्पनीको रिटेण्ड अर्निङ्ग २८ लाख २९ हजार रुपैयाँ छ । अन्य इक्विटीमा भने २३ हजार रुपैयाँ छ ।कम्पनीको बीमा कोषको आकार भने २ करोड ३४ लाख रुपैयाँ छ ।
यसैगरी, कम्पनीले उक्त अवधिसम्ममा पुनर्बीमातर्फ ५१ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीले अभिकर्ता कमिशनमार्फत ४३ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको शेयर पूँजी ५२ करोड ५० लाख छ ।