क्रेस्ट माइक्रो लाइफको नाफा ४० लाख माथि, ५३ करोड ३० लाख लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 10:22:17 AM मा प्रकाशित

laxmi sunrise bank

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष(आव) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा ४० लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवमा भने कम्पनीले ४४ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ति कोषमा ८ लाख ९३ हजार रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोषमा ४ करोड ७१ लाख रुपैयाँ छ।  यसैगरी,कम्पनीको रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ र अन्य इक्विटीमा ४९ हजार रुपैयाँ छ।समीक्षा अवधिसम्ममा कम्पनीले ५३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा भने यो ६३ हजार रुपैयाँ थियो। त्यसैगरी, कम्पनीले अघिल्लो आवमा ३५ हजार रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेको थियो । तर समीक्षा वर्षमा भने ८ करोड ४२ लाख ७१ हजार रुपैयाँ  छ।

कम्पनीको शेयरपूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ०.७० रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved