लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न,आईपीओ जारी गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 03:56:39 PM मा प्रकाशित

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको बिहीबार विशेष साधारणसभा सम्पन्न भएको छ । पोखराको न्यूरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सो अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले कम्पनीको जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात्  २२ करोड ५० लाखको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको बताए । 

साथै उनले आईपीओ बिक्रीबाट प्राप्त हुने पूँजी नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने पनि बताए ।

साथै सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved