सात वटा अलग- अलग लघुबीमा कम्पनीले गत आर्थिक वर्ष(आव) २०८०/ ०८१ मा ३ करोड १० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो आवमा उनीहरुको कमाई १ करोड ४७ लाख ७९ हजार रुपैयाँ मात्र थियो । तर अघिल्लो आवमा भने चार वटा मात्रै लघुबीमा कम्पनी सञ्चालनमा थिए ।
गत आवमा तीन जीवन लघुबीमा कम्पनीले मात्रै १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये लिबर्टी माइक्रो लाइफ लाइफले ७६ लाख ३ हजार, क्रेस्ट माइक्रो लाइफले ४० लाख २ हजार र गार्डियन माइक्रो लाइफले १४ लाख खुद नाफा कमाएका छन् ।
ती कम्पनीहरुले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा चार निर्जीवन लघुबीमा कम्पनीको नाफा भने १ करोड ८० लाख ३५ हजार रुपैयाँ छ ।
ती मध्ये ट्रस्ट माइक्रोले १ करोड ९ लाख ५१ हजार, प्रोटेक्टिभ माइक्रोले २३ लाख ४१ हजार,नेपाल माइक्रोले २९ लाख ५४ हजार र स्टार माइक्रोले १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
हाल नेपालमा तीन जीवन र चार निर्जीवन गरी सात लघुबीमा कम्पनी सञ्चालनमा छन् ।