नेशनल लाइफ इन्स्योरेन्सको नेपालगंजको सुर्खेत रोडस्थित व्यापारिक भवनको वास्तु पूजा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट व्यापारिक भवनको वास्तु पूजा सम्पन्न भएको हो ।वास्तु पूजामा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारी तथा बरिष्ठ अभिकर्ताहरुको सहभागिता थियो ।
उक्त अवसरमा अध्यक्ष सिंहले यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।
७२ अर्ब रुपैयाँभन्दा बढि जीवन बीमाकोष रहेको उक्त कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।