सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट- २०८१ आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा मुलुकभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरू सहभागि थिए । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत(सीईओ) शिवनाथ पाण्डे लगायतका उच्च व्यवस्थापन समूहको उपस्थिति थियो ।
सो अवसरमा कम्पनीका अध्यक्ष केडियाले कम्पनीप्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा सहभागीहरुले गरेको योगदानप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा कम्पनीका सीईओ पाण्डेले सबै क्लब सदस्यप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने योजना रहेको बताए । यसैगरी,कम्पनीका डेपुटी सीईओ निराजन कंडेलले सफल अभिकर्ताका लागि आवश्यक पर्नेसीपलगायतका विषयहरूमा जानकारी दिएका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो ।
क्लबमा सहभागी हुन व्यक्तिगत कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए ।