चालू आर्थिक वर्षको पहिलो महिना साउनमा तीन वटा अलग- अलग लघु जीवन बीमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार सो अवधिमा तीन वटा लघु जीवन बीमा कम्पनीले २ लाख ४१ हजार ९९७ वटा बीमालेख गरेका छन् । जसअनुसार उक्त अवधिमा शिर्ष व्यापार भने गार्डियन माइक्रो लाइफको छ । उक्त कम्पनीले सो अवधिमा १ करोड ८८ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी, सोही अवधिमा कम्पनीले २ लाख २७ हजार ४६१ वटा बीमा लेख जारी गरेको छ ।
यसैगरी, दोस्रोमा क्रेष्ट माइक्रो लाइफ छ । उक्त अवधिमा सो कम्पनीले १ करोड २९ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ६ हजार ८९३ वटा बीमालेख जारी गरेको छ ।
त्यसैगरी, लिबर्टी माइक्रो लाइफले उक्त अवधिमा ५१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ७ हजार ६४३ वटा बीमालेख बिक्री गरेको छ ।
थप विवरण तलको तालिकामा :
स्रोत : नेपाल बीमा प्राधिकरण