नेपाल लाइफ इन्स्योरेन्सले सात वटै प्रदेशमा मोटिभेशनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
तालिममा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाडौं र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिब ५ हजारभन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति थियो ।
कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण रमण पराजुलीले दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा नेशनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उपशाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति थियो ।
मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको तालिममा भारतको दिल्लीबाट आएका अन्तरराष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए ।
कम्पनीका सीईओ पराजुलीले मासिक अभिकर्ता प्रोत्साहन योजनाबाट छनोट भएर कार्यक्रममा सहभागी भएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । उनले अभिकर्ताहरूको क्षमताको विकास नै कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्तता प्रदान गर्ने हेतुले यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
उनले यस्ता कार्यक्रमले क्षमता अभिवृद्धि गरी जीवन बीमाको बजारीकरणका निम्ति चाहिने सीप ज्ञान हासिल गर्न सहयोग पुग्ने पनि बताए । कार्यक्रममा नेपाल लाइफ ताराका लागि योग्य भएका ३१४ जना एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरिएको थियो ।