प्रभु महालक्ष्मीले बोलायो साधारणसभा, हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2024 | 10:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारणसभा बोलाएको छ।

गत आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २३ गते साधारणसभा बोलाएको हो ।सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै सभाले नियामकले निर्धारण गरेको चुक्तापूँजी पुर्‍याउन बोनस शेयर जारीपछि कायम चुक्तापूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि पारित गर्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved