सर्वोच्च अदालतले कोरोना बीमाको दायित्वका सम्बन्धमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबारमात्रै निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सरकारका नाममा कोरोना बीमाको दायित्व नव्यहोरेकोमा कारण देखाऊ जारी गरेको हो। योसँगै विपक्षीलाई झिकाउने आदेश पनि सर्वोच्चले गरेको छ।
संघले सरकारले कोरोना बीमाको करिब ११ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी दिन आलटाल गरेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।
कोरोना बीमाको पोलिसी ल्याएका निर्जीवन बीमा कम्पनीहरुले आफ्नो तर्फको रकम भुक्तानी गरिसकेका छन्। तर सरकार माताहतको अर्थमन्त्रालयले कोरोना बीमा बापत बिमितहरुलाई ११ अर्ब ३४ करोड रुपैयाँ दिन बाँकी छ।
यो पनि हेर्नुहोस् :
कोरोना बीमाको भुक्तानी नपाएपछि बीमक संघद्वारा सरकारविरुद्ध मुद्धा दायर