नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० लाई संशोधन गरेको छ । उक्त निर्देशन संशोधन गर्दै प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्थालाई अनिवार्य गरेको छ ।
यसअघि आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था बीमितका लागि ऐच्छिक थियो । जसको बीमाशुल्क ६ महिनासम्म ०.३० प्रतिहजार र ६ महिनादेखि १ वर्षसम्म ०.५० प्रतिहजार रुपैयाँ थियो ।अब बीमा कम्पनीले जलविद्युतको बीमा गर्दा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था स्वतः गर्नुपर्ने छ ।
प्राधिकरणले विगतमा आतंकवादलाई ऐच्छिक रूपमा राखेको थियो जसका कारण जलविद्युत कम्पनीका प्रवर्द्धकहरूले बीमा गर्दा आतंकवादको बीमा अनिवार्य लागू थिएन । यो स्वेच्छिक मात्र थियो ।