सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ ।
पोखराको अमरसिंह चोकमा रहेको उक्त कम्पनीको प्रादेशिक कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा गरेका हुन् ।
सो असरमा शुभकामना दिंदै बीमा प्राधिकरणका प्रदेश प्रमुख दाहालले सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको भन्दै साख जोगाइ राख्न अनुरोध गरे । यसैगरी, कम्पनीका सीईओ क्षेत्रीले उच्च मनोबलका साथ इमान्दारीपूर्वक सेवाग्राहीलाई बीमालेख बारे जानकारी दिएर बिक्री गर्न आग्रह गरे ।
कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगायत कर्मचारीको उपथिस्थिति थियो । कम्पनीका बारेमा नेशनल कोअडिनेटर (सहायक महाप्रबन्धक) कविराज पौडेल प्रकाश पारेका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।