सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 10:21:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

गत भदौ ३० गते बसेको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीले आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved