नेशनल लाईफद्वारा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 05:23:03 PM मा प्रकाशित

laxmi sunrise bank

नेशनल लाईफ इन्स्योरेन्सले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ ।

हालै जनकपुरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जनाभन्दा बढि अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको कम्पनीले बताएको  छ ।  

कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लव बन्न सफल अभिकर्ताहरुलाई सीईओ क्लबको सदस्यता वितरण गरिएको थियो  । यसैगरी, सोही अवसरमा प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्धित्तिय र तृत्तिय भएका अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा सीईओ सुरेशकुमार खत्रीले शनल रत्न हुन सफल भएका अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।  

उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने उल्लेख गर्दै यसमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई आगामी दिनमा प्राथमिकतामा राखिने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved