नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ३०% सम्म छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2024 | 10:14:30 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा ३० प्रतिशतसम्म छूट दिने भएको छ।

कम्पनीले बुधबार प्रकाशित गरेको सूचनामा आगामी कात्तिक २३ गतेसम्म नवीकरण गर्दा व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छूट दिने निर्णय गरिएको बताएको छ।

कम्पनीका अनुसार तीन वर्षसम्म व्यतित भएका बीमालेखको नवीकरणमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छूट दिइनेछ।

उक्त योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि एक वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने पनि सूचनामा उल्लेख छ ।

साथै कम्पनीले एकपटक विलम्ब शुल्कमा छूट पाइसकेको बीमितले पूरा बीमा अवधिभरि पुनः छूट नपाउने पनि बताएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved