हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, कुन बीमालेखको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2024 | 09:45:13 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार  नेपाल बीमा प्राधिकरणले २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्यांकन सम्बन्धी बीमाङकीय प्रतिवेदन २०८१ असोज ७ गते स्वीकृत गरे अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनसदर कायम हुने छ ।

उक्त सूचना अनुसार कम्पनीले उक्त अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रतिहजारमा न्युनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक बीमालेख नौ वर्षे अवधिका लागि २७ देखि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ।  यसैगरी, सावधिक तथा आजीवन बीमालेखतर्फ ३६ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ।  

त्यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेखतर्फ ८६ रुपैयाँसम्म बोनस दर कायम छ ।त्यस्तै जीवन उपहार बीमालेखतर्फ ३२ रुपैयाँ बोनसदर कायम छ ।उता सावधिक जीवन बीमालेखतर्फ भने ७६ रुपैयाँसम्म बोनस दर कायम छ ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेखतर्फ ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।  यसैगरी, अग्रिम भुक्तानी सावधिकतर्फ४६ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ ।

त्यस्तै वार्षिक नगद फिर्ता बीमालेखतर्फ४१ रुपैयाँ बोनस दर कायम छ ।  सुरक्षित भविष्य जीवन बीमालेखतर्फ भने३५ रुपैयाँसम्म बोनस दर कायम छ ।

सुरक्षित भविष्य जीवन बीमातर्फ भने ३५ रुपैयाँ बोनस दर कायम छ ।त्यसैगरी, जीवन रक्षक बीमालेखतर्फ भने ७० रुपैयाँ बोनस दर कायम छ । त्यस्तैसावधिक तथा बालबच्च सावधिक बीमालेखतफ ३३ रुपैयाँदेखि७५ रुपैयाँ कायम छ ।

उता सीमित भुक्तानी जीवन बीमा योजनातर्फ भने कम्पनीले ३० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ बोनस दर कायम गरेको छ ।त्यस्तै कम्पनीले सीमित  भुक्तानी बीमा लेखतर्फ भने ३३ रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखतर्फ ४० रुपैयाँदेखि ७४ रुपैयाँ कायम छ ।  सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेख तर्फ ५० रुपैयाँ कायम छ भने वार्षिक अग्रिम भुक्तानी जीवन बीमालेखतर्फ ३३ रुपैयाँसम्म बोनस दर कायम छ ।

अग्रिम भुक्तानी तथा आजीवन बीमालेखतर्फ भने ४१ रुपैयाँसम्म बोनस दर कायम छ । जीवन आधार जीवन बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ, जीवन सम्पन्न बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५३ रुपैयाँ,जीवन उत्थान बीमा योजना अन्तर्गत सबै अवधिका लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजना अन्तर्गत सबै अवधिका लागि ४३ रुपैयाँ निर्धारण गरिएको छ ।  

यस्तै बालबच्चा सावधिक जीवन बीमा योजनातर्फ ३३ रुपैयाँदेखि ३९ रुपैयाँसम्म बोनस दर कायम छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved