प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ। ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार नगद सम्मान गरिएको प्रभु महालक्ष्मी लाइफले जनाएको छ।
प्रभुका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले तामाङलाई रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताउदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए।
तामाङले असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल भएका थिए।