बाढी पीडितलाई सक्दो चाँडो दावी भुक्तानी दिनुपर्छः सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2024 | 06:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाढी पीडितलाई सक्दो चाँडो दावी भुक्तानी दिनुपर्ने  बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको विजयाँ दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष सिलवालले बीमक र प्राधिकरणबीच सहकार्य तथा साथ सहयोग आवश्यक रहेको जिकिर गरेका छन् । उनले भने, ‘देशमा अहिले बाढीले ठूलो धनजनको क्षति गरेको छ । यस्ता क्षतिमा हामी सबै मिलेर नागरिकलाई दिनुपर्ने बीमा दावी भुक्तानीलाई सक्दो चाडो दिएर बीमाप्रति अझै विश्वास दिलाउनु पर्ने छ।’

 प्राधिकरण केन्द्रिय कोर्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी बीमा प्राधिकरण र बीमक संगठनका अधिकारीहरुले शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्राधिकरण तथा सम्पूर्ण बीमकका कर्मचारीहरुलाई विजया दशमीको शुभकामना प्रदान गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved