४ निर्जीवन लघु बीमा कम्पनीको व्यवसाय साढे ११ करोड, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 04:08:52 PM मा प्रकाशित

laxmi sunrise bank

निर्जीवन लघु बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करिब १९ करोड रुपैयाँ वीमा संकलन गरेका छन्। साउन भदौ र असोजमा ४ वटा निर्जीवन बीमा कम्पनीले १८ करोड ५६ लाख रुपैयाँ बराबर बीमाशुल्क सङ्कलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। 

प्राधिकरणकाअनुसार यी चार  कम्पनीहरुले करिब १९ करोडको बीमा लेख जारी गर्दा नेपाल माइक्रो इन्स्योरेन्सले पाँच करोड ५० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार ककरोड ६१ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले चार करोड १८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले चार करोड २६ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ ।

निर्जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीले सङ्कलन गरेको कुल बीमाशुल्क ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved