बाढीमा परेका इभि गाडीलाई उचित क्षतिपूर्ति दिन कानुन संसोधनको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 04:39:41 PM मा प्रकाशित

laxmi sunrise bank

बाढीमा परेका विद्युतीय गाडीलाई उचित क्षतिपूर्ति दिनको लागि कानुन संसोधनको तयारी अघि बढेको पाइएको छ। बिद्यमान व्यवस्थाले गाडीको ब्याट्री क्षति हुँदा बीमा कम्पनीले ब्योहोरने क्षति रकमले विद्युतीय गाडीलाई सम्बोधन गर्न नसक्ने भएपछि कानुन संसोधन गर्न लागिएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। 

प्राधिकरणकाअनुसार बिद्यमान व्यवस्थाले गाडीको ब्याट्री बिग्रिदा क्षतिको ५० प्रतिशत रकम मात्रै ब्योहोरने भन्ने छ । तर यो व्यवस्थाले ४०-५० लाख परेका विद्युतीय गाडीका ब्याट्रीलाई सम्बोधन नगर्ने हुँदा विद्युतीय गाडीको हकमा यो व्यवस्था लागू नहुनेगरि ऐन नै संसोधनको तयारी अघि बढाइएको हो। 

प्राधिकरणका प्रवक्ता सुशीलदेब सुबेदीकाअनुसार गाडीको बीमा गर्दा त्यसको कुन पार्टपुर्जामा कति क्षती ब्योहोरने भन्ने छ तर विद्युतीय गाडीको ब्याट्री नै धेरैथोक हो भन्ने कुरा अहिलेको ऐनले चिनेको छैन। अहिलेकै व्यवस्थाअनुसार दाबी भुक्तानी हुँदा विद्युतीय गाडीवालामाथि अन्याय हुन् सक्छ। त्यसैले विद्युतीय गाडीको ब्याट्रीमा क्षति पुग्दा त्यसको अहिलेको भन्दा बढी प्रतिशत क्षति ब्योहोरने गरि ऐन संसोधन हुन्छ। 

असोज ११ गते देशभर आएको अविरल वर्षाले बिशेषगरि काठमाण्डौ उपत्यकाका केहि ठाउँ डुबानमा पर्दा धेरै विद्युतीय गाडीमा क्षति पुगेको छ। विद्युतीय गाडीमा क्षति हुने भनेकै ब्याट्री भएकाले ब्याट्रीको मुल्यांकन हुँदा त्यसले उपभोक्ता मारमा नपर्नेगरि ऐन संसोधन गर्न लागिएको हो। 

विधुतिय गाडीको लागत भनेकै ब्याट्री हुने भएकाले ब्याट्रीमा धेरै क्षति देखिएका गाडीहरुको एउटा निश्चित प्रतिशतसम्म क्षति कम्पनीले ब्योहोरने गरि गाडीको दाबी भुक्तानी गरिने प्राधिकरणले जनाएको छ। 

बाढीका कारण करिब १३ अर्ब रुपैयाँ बराबरको क्षति दाबी गरीएपनि बास्तविक दाबी रकम करिब ७ अर्ब हाराहारी हुने प्राधिकरणले अपेक्षा गरेको छ। अहिले बीमितले आफैले दाबी गरेकोले  दाबि रकम धेरै भएको हुन् सक्ने भन्दै प्राधिकरणले करिब ७ अर्बको दाबी पर्ने अनुमान गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved